April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी थापा क्षेत्रीलाई बधाई

काठमाडौ – असार ३१ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी बधाई तथा शुभकामना दिएका छन् । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका हुन् ।

भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।उक्त अवसरमा प्रहरी महानिरीक्षकथापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ पनि प्रदान गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको