
हनोइ, भियतनाममा केही दिनयतादेखि आएको शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् । आँधीमा परेर ११२ जना नागरिक घाइते भएका भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।
भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । एजेन्सी






