
वासिङ्टन, विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको छ ।
गत वर्ष चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६१ हजार छ । विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २५ लाख ८७ हजार ९०५ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, ६७,४०३ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।एजेन्सी







