
काठमाडौं, चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड-१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।
चीनले यो वर्षको सुरूदेखि नै कोभिड-१९ नियन्त्रणका लागि सिनेमा हल तथा अन्य नाटक प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शन लगायतमा सीमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको छ ।
दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशतसम्म राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।







