
वासिङ्टन, विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
गत वर्ष चिनको वुहानबाट सुरु भएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २३ लाख ४१ हजार ५७८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, २५,९४१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । एजेन्सी







