
टोकियो- जापानमा योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बनेका छन् । जापानको संसदले सुगालाई आज प्रधानमन्त्री चयन गरेको हो । निवर्तमान प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिएपछि सुगा नयाँ प्रधानमन्त्री बनेका हुन् ।
सुगा गत आइतबार सत्तारुढ दलको नेता चयन भएपछि प्रधानमन्त्रीको पद निश्चित प्राय: भएको थियो ।उनि सिन्जो आबे नेतृत्वको मन्त्रिपरिषद्का मुख्य सचिव समेत थिए ।जापानको तल्लो सदन डायटमा भएको मतदानमा ४६२ मध्ये उनले ३१४ मत प्राप्त गरेका थिए ।







