
काठमाडौं, हाल बिश्वमै सबैभन्दा तिव्र गतिमा कोभिड-१९ बढिरहेको देशमध्ये भारत पनि रहेको विश्व स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।
डब्लूएचओका अनुसार गत २४ घण्टामा भारतमा हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित थपिएका छन ।
उक्त संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ७ हजार ९ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या महामारी फैलिएयताकै बढी दैनिक संक्रमण दर हो । अहिले विश्वमा तेज गतिमा भारत, अमेरिका र ब्राजिलमा संक्रमण फैलिरहेको छ र योपटक २४ घण्टामा अमेरिकामा भन्दा बढी संक्रमित थपिएर भारत पहिलो नम्बरमा देखिएको हो।
डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी भारतमा ९४ हजार ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो। यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ संक्रमित थपिएका छन्।
यस अवधिमा भारत र अमेरिका दुवै देशमा कोरोनाका कारण हजार–हजारभन्दा माथिकै संख्यामा मृत्युसमेत भएको डब्लुएचओले जनाएको छ। यसपछि विश्वमा सबैभन्दा बढी ब्राजिलमा ८७४ जना संक्रमितको मत्यु भएको छ ।एजेन्सी







