
काठमाडौं, लामो समयको लकडाउनपछि इटालीमा आजबाट विद्यालयहरु खुलेका छन् ।कोरोना भाइरस निकै फैलिएपछि गएको मार्चको शुरुतिर इटालीले सबै विद्यालयहरु बन्द गरेको थियो ।
२० वटा प्रान्तमध्ये १३ वटा प्रान्तका विद्यालयहरु आजबाट खुलेका हुन् । अन्य सात वटा प्रान्तमा भने एक सातापछि मात्र विद्यालयहरु खुल्ने छन् । विद्यालयहरु खुलेसंगै करिव ५६ लाख विद्यार्थीहरु अब पूर्ववत विद्यालय जान थालेका छन् ।
विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताएको इटालीका सञ्चारमाध्यमले जनाएको छ ।







