
काबुल, अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन ।
अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ ।
शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको शान्तिको पक्षमा रहेको बताएका थिए ।
उनले व्यक्त गर्नुभएको सो शुभकामनाका लागि अफगानिस्तानले पनि धन्यवाद ज्ञापन गरेको हो । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अतमरले अफगानिस्तानको शान्ति र विकासका पक्षमा रहेकोमा भारतलाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन ।







