
अमेरिका, अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनेछन ।
डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।
ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ ।
क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् ।
डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो ।
अरेगोनका गभर्नर केट ब्राउनले भने, “उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका बताए । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।”
राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताएका छन । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताए ।एजेन्सी







