
नयाँदिल्ली, भारतमा एकैदिन ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय नाघेको छ ।
भारतमा अहिलेसम्म कोरोनाका कारण ७८ हजार ६ सय १४ जनाको मृत्यु भैसकेको छ ।अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ६६ लाख ७४ हजार पुगेको छ भने १ लाख ९८ हजार भन्दा बढीको मृत्यु भएको छ ।एजेन्सी







