
बेइजिङ, चीनयाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गर्नु भएको छ । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उहाँले मंगलबार बिहान सम्बोधन गर्नु हुने क्रममा प्रशंसा गर्नु भएको समाचारमा जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण शुरु भएको थियो उक्त समयबाट शुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जनाएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् । एजेन्सी







