
भारतमा अहिलेसम्मकै उच्च सबैभन्दा बढी संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ९० हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो विश्वमै एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो । योसंगै भारत सबैभन्दा बढी कोरोना संक्रमण भएका देशको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिललाई उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा पुगेको हो । भारतमा कोरोना संक्रमितको कूल संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म ७० हजार ६२६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा पनि भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । एजेन्सी






