
बेइजिङ्,चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।
कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ । एजेन्सी







