
जेनेभा, विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई करोड ६८ लाख १६ हजार ८८७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख २३ हजार ६६६ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल विश्वमा ७० लाख १३ हजार ८५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेकाले उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ ।
सङ्क्रमितहरु मध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकीको अवस्था भने सामान्य रहेको डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । एजेन्सी







