December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भारतमा एकैदिनमा ८६ हजार सङ्क्रमित थपिए

नयाँदिल्ली, भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोना भाइरसबाट सङ्क्रमित थपिएको जनाएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको