December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या करिब ४१ लाख

  • 61
    Shares


ब्रासिलिया, ब्राजिलमा कोरोना सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् ।

गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ ।

शुक्रबार मात्र यहाँ ८८८ जनाको ज्यान गएको थियो । कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो ।

शीर्ष समाचार

धेरै पढिएको