December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

चिनियाँ राष्ट्रपति सि.को पाकिस्तान भ्रमण स्थगित

  • 12
    Shares

चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उहाँको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिएका हुन् ।

उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले राष्ट्रपति चिनफिङकाे भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाडै नै सार्वजनिक गर्नेछन् । पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिएका थिए ।

चीन र भारतबीचमा सिमा विवाद भइरहेका बेला उनको भ्रमण तय भएको र दुई देशको विवाद कायमै रहेका बेला विवादमा मुछिएको एउटा देशका प्रमुख अर्को तेस्रो देशको भ्रमणमा जान लागेको विषयलाई चासोका साथ हेरिएको छ । news help rho

शीर्ष समाचार

धेरै पढिएको