
जेनेभा, विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले शुक्रबार जानकारी दिएको छ ।
उक्त संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।







