
काठमाडौं, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या दुई करोड ६४ लाख ६५ हजार दुई सय नाघेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बिहिवार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ७३ हजार एक सय आठ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ८६ लाख ६० हजार एक सय १२ नाघेको छ ।
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ ।







