इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले पछि हट्न बाध्य भएको भनेर कडा टिप्पणी गरेको छ ।अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पले इरानको “कडा चेतावनी” पछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूतावासका अनुसार इरानको स्पष्ट सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।
यसैबीच, इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछाडि हटेको’ रूपमा व्याख्या गर्दै “Trump backs down!” शीर्षकमा टिप्पणी गरेको छ।ट्रम्पले यसअघि इरानका आणविक तथा ऊर्जा संरचनामाथि ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिएका थिए ।






