November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

फ्रान्सद्वारा आर्थिक राहत प्याकेज गर्ने घोषणा

  • 2
    Shares

पेरिस, कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।

फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि आरटिएल रेडियोलाई दिएको अन्तर्वार्तामा नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । प्रस्तावित प्याकेजमा भवनहरुको मर्मतसम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन् ।

फ्रान्समा बिहीबार मात्र सात हजार नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका थिए । पछिल्ला दिनहरुमा यो युरोपमै सबैभन्दा बढी वृद्धिदर हो । फ्रान्समा हालैका दिनहरुमा कडा लकडाउन र नियमहरुलाई खुकुलो बनाइएको छ । फ्रान्सका अस्पतालमा सघन उपचार कक्षमा बिरामीको संख्या केही बढेको देखिए पनि मार्च र अप्रिलको जस्तो अवस्था देखिएको छैन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको