December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

वासिङ्टन डिसीमा प्रहरीको गोलीबाट एकको मृत्यु

सांकेतिक तस्बिर

वासिङ्टन, अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ । महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति करिब ८.३० बजे अरेन्ज स्ट्रिटमा भएको हो ।

प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ । वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिएका छन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको