May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

जी’ सेभेनले युक्रेनलाई ५० अर्ब डलर सहयोग दिने

संसारका सबैभन्दा धनी देशहरुको समूह ‘जी’ सेभेनका नेताहरूले रोक्का राखेको रूसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने निर्णय गरेका छन् ।

सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण शुरु गर्ने लक्ष्यका साथ झन्डै ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको पनि बताएका छन् ।

युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै प्रणालीहरुमार्फत ऋण वितरण गरिने ‘जी’ सेभेनका नेताहरुले निकालेको विज्ञप्तीमा उल्लेख छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको घोषणा आएको हो । उनीहरूले रुसलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य तिर्न पनि आह्वान गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको