May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि हत्या प्रयास

न्युयोर्क, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्या प्रयास भएको छ । ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको हो ।

आउँदो नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा गोली चलेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हत्याको प्रयास भएको बेला ट्रम्प गल्फ खेल्दै थिए ।

हाल पूर्व राष्ट्रपति ट्रम्प हत्या प्रयास गरिएपनि उनी सुरक्षित रहेको र एक सम्भावित संदिग्धलाई पक्राउ गरि हिरासतमा राखिएको बताइएको छ ।

यसैगरी, घटनास्थलमा एउटा एके–४७ हतियार र स्कोप, दुईवटा ब्याकप्याक र एक गोप्रो क्यामेरा फेला परेको समाचारमा उल्लेख छ। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको