June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

मंकीपक्सबाट ५७० जनाको मृत्यु

मंकीपक्सका कारण कङ्गोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताउनुभयो । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरू छन् ।

डिसेम्बर २०२२ मा कङ्गोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठुलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताउनुभयो ।अफ्रिकी सङ्घको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको