
बेइजिङ, बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् । नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ ।
मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ । सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेको उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ । एजेन्सी







