कियर स्टार्मर बेलायतको प्रधानमन्त्रीमा नियुक्त

Britain’s main opposition Labour Party leader Keir Starmer smiles before a speech in Glasgow on May 24, 2024 to launch Scottish Labour’s campaign ahead of a general election on July 4. (Photo by ANDY BUCHANAN / AFP)

बेलायतको नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका नेता कियर स्टार्मर नियुक्त हुनुभएको छ ।बेलायतमा १४ वर्ष लगातार सत्ता चलाएको कन्जरभेटिभ पार्टीलाई निर्वाचनमा ठूलो अन्तरले पराजित गर्दै लेवरले फराकिलो जित हासिल गरे पछि नेता स्टार्मर प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री बनेलगत्तै स्टार्मरले डाउनी स्ट्रिटमा आफ्ना समर्थकहरुको अगाडि पहिलो सम्बोधन गर्नुभएको छ ।नवनियुक्त प्रधानमन्त्री स्टार्मरले बेलायतमा आफूले आजैदेखि काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बेलायती संसदको तल्लो सदनका सदस्य चयनका लागि भएको आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री ऋषि सुनकको दल कर्जर्भेटिभलाई पराजित गर्दै लेवर दल सरकारको नेतृत्वमा पुगेको हो ।दलको पराजयसँगै प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटेर राजीनामा बुझाउनु भएको थियो।

त्यस लगत्तै सुनकले प्रधानमन्त्री निवास डाउनस्ट्रिट बाट सम्बोधन गर्दै आफ्नो दलको नेताबाट पनि राजीनामा दिने बताउनुभयो । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको हो ।

संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको छ ।निर्वाचनको अन्तिम मत परिणाम भने आज सार्वजनिक नहुने विविसीले उल्लेख गरेको छ ।एजेन्सी-