April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

गाजामा सहायता खोज्ने प्यालेस्टिनीहरुको हत्या, एयु आयोगका प्रमुखले गरे कारबाहीको माग

अफ्रिकी सङ्घ (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरुको सामूहिक हत्याको “कडा निन्दा” गर्नुभएको छ ।

अध्यक्षले बिहीबार कब्जा गरेको उत्तरी गाजामा जीवन बचाउने मानवीय सहायता खोज्ने १०० जनाभन्दा बढी निहत्था प्यालेस्टाइनीहरुलाई आक्रमण गर्ने इजरायली सेनाको कदमको कडा शब्दमा निन्दा गर्नु भएको छ । उहाँले घटनाको अन्तर्राष्ट्रियरुपमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।

इजरायली सेनाको आक्रमणबाट बिहीबार गाजा शहरको पश्चिमी तटीय सडकमा सहायताको लागि पर्खिरहेका प्यालेस्टिनीहरुको भीडमा गोली चलाउँदा एक सय १५ जनाको मृत्यु भएको र सात सय भन्दा बढी घाइते भएका छन् । यता इजरायली सेनाका प्रवक्ताले गाजा पट्टीमा बिहानै प्रवेश गरेका सहायता ट्रकहरुमा गाजावासीहरुले आक्रमण र लुटपाट गरेपछि सेनाले “आत्मरक्षामा“ गोली चलाएको बताउनु भएको छ ।

प्यान-अफ्रिकी ब्लकका अध्यक्षले “प्यालेस्टिनी जनताको जीवन र अस्तित्व विरुद्ध इजरायल सरकारले अगाडि बढाइरहेको आक्रमणलाई रोक्न ओगटेड प्यालेस्टाइनमा तत्काल विना शर्त युद्धविराम” का लागि एयुकातर्फबाट पुनः आह्वान गर्नु भएको छ । उहाँले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न र शान्ति स्थापना गर्न आफ्नो जिम्मेवारी वहन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गर्नु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको