April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

हुथी समूहद्वारा दुई अमेरिकी जहाजमा आक्रमण

यमनको हुथी समूहले अडेनको खाडीमा दुई वटा अमेरिकी जहाजमा आक्रमण गरेको जनाएको छ । समूहको स्याटेलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा, हुथी सैन्य प्रवक्ता याह्या सारियाले अमेरिकी जहाजहरू सी च्याम्पियन र नाभिस फोर्टुनाविरुद्धको आक्रमणहरू रहेको बताएको छ ।

सारियाका अनुसार आक्रमणले विगत २४ घण्टामा हुथी अपरेसनको कुल सङ्ख्या चार पुगेको छ । पहिलोले बेलायती जहाजलाई निशाना बनाएको थियो ।जसको परिणामस्वरूप जहाज पूर्णरूपमा डुबेको थियो । हमासमाथि इजरायली आक्रमण र गाजा स्ट्रिपमा प्यालेस्टाइनी जनतामाथिको घेराबन्दी नहटाइएसम्म लाल सागर र अरब सागरमा कारबाही बढ्ने बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको