May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

गाजाको रफाह सहरमा सैन्य कारबाही चाँडो रोक्न इजरायललाई चीनको आग्रह

चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय प्रकोप हुने चेतावनी दिएको छ ।चिनले रफाह क्षेत्रको घटनाक्रमलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै नागरिकलाई हानि पुर्‍याउने, अन्तर्राष्ट्रिय कानुन उल्लङ्गनकार्यको विरोध तथा निन्दा गरेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

बेइजिङले इजरायललाई छिटै सैन्य कारबाही रोकी रफाह क्षेत्रमा गम्भीर मानवीय प्रकोप रोक्न निर्दोष नागरिकको जीवन रक्षा गर्न आवश्यक प्रयास गर्न आग्रह गरेको छ ।

इजरायलले हमाससँग युद्धविराम गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । यसैबिच दक्षिणी गाजा सीमावर्ती सहर रफाहमा आक्रमणको तयारी गरिरहेको छ जहाँ दस लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी फसेका छन् ।

गत हप्ता युद्धविरामका लागि हमासका सर्त अस्वीकार गरेपछि इजरायलले सोमबार राफाहमा बिहान छापा मारेको थियो । जसले दुई जना बन्धकलाई मुक्त गर्‍यो भने करिब सय जनाको ज्यान लियो ।

प्रधानमन्त्री बेन्जामनि नेतान्याहूले रातको अपरेसनलाई प्रशंसा गर्दै प्यालेस्टिनी विदेश मन्त्रालयले दर्जनौँ नागरिकहरूको नरसंहार बारम्बार भएको बताएको छ ।

हवाई आक्रमणअन्तर्गत दुर्लभ उद्धार अभियान नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको केही घण्टापछि आएको थियो, जसले राफाहमा भएको ठुलो आक्रमणको विरोध गरेका छन् ।संयुक्त राष्ट्रसङ्घले पनि इजरायललाई नागरिकको रक्षा गर्ने योजना बिना राफाहमा भूमि आक्रमण नगर्न चेतावनी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको