November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

पूर्व राष्ट्रपति मुखर्जीको जीवनयात्रा: शिक्षक, पत्रकार हुदै राष्ट्रपतिसम्म

काठमाडौं, भारतका प्रायः सबै जनताले मन पराउने नेताहरुको सुचिमा अगाडी पर्ने नाम हो पुर्बराष्ट्रपति प्रबण मुखर्जी । आज उनको निधनको खबरले भारतवासी शोकमा छन भने अन्य देशका नेताहरुसँग राम्रो सम्बन्ध भएकाले उनको निधनप्रति विश्वभरिबाट दु:ख व्यक्क्त भइरहेको छ ।

विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहँदै आएका ८४ बर्षीय मुखर्जीलाई कोरोना सङ्क्रमण भएको पनि पुष्टि गरिएको थियो । अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनि केही दिनदेखि अचेत अवस्थामा रहेका थिए । भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उहाँको उपचार सफल नभएको उनकै छोराले जानकारी दिएका छन ।

उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक पटक उनि जिवितै भएको र उपचार भइरहेको स्पष्टीकरण दिनु परेको थियो । अन्ततः लामो राजनीतिक तथा सामाजिक सङ्घर्ष गरेका मुखर्जीले सोमबार सधैँका लागि विश्राम लिएका छन । उनि भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भएपनि प्रधानमन्त्री हुन नपाएका नेताका रुपमा चिनिन्छ ।

सन १९८४ र सन् २००४ मा उनि प्रधानमन्त्रीका लागि शसक्त दाबेदार देखिएको थियो । भारतीय काँग्रेस पार्टीकी तत्कालिन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफु प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहँुदै पनि बन्नपाउनु भएको थिएन । प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरेपनि उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता कता अन्याय अनुभव गरेको ।

उहाँ सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन यो असन्तुष्टि व्यक्त गर्नु अस्वभाविक नै भएकाले त्यत्तिकै दब्यो । त्यसलाई थप दवाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत बर्ष उहाँलाई भारत रत्न सम्मान प्रदान गरिएको थियो बताएका थिए ।

सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी काँग्रेस पार्टीका नेता थिए । त्यसैले नै उनि स्वभाविक रुपमा राजनीतिमा हानिए । युवा अवस्था देखि नै राजनीतिमा सम्लग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए । सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका थिए । तर पार्टीबाट ६ वर्ष निलम्बन पनि भोग्नु परेको थियो । त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि उनि अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे ।

भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो । त्यही पृष्ठ भुमिमा उनलाई अर्थमन्त्रालयको जिम्मेबारी प्राप्त भयो ।

त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो । त्योभन्दा धेरै अगाडि उनि भारतमा शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका थिए । उच्च शिक्षा पुरा गरेसँगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको