May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

इरानमा शक्तिशाली धर्मगुरु अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड

तेहरान, मङ्सिर २७ गते । इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अलि सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर सहरको एक बैङ्कमा हत्या गरिएको थियो ।

नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको सिसिटिभी फुटेजमा ‘उनले कुर्सीमा बसिरहेका बेला धर्मगुरुलाई पछाडिबाट गोली हानेको देखिएको’ देखिन्छ ।

धार्मिक सहिद अयातुल्लाह अब्बास अलि सुलेमानीको हत्यारालाई देशको सर्वोच्च अदालतले अनुमोदन गरेपछि आज कासा (प्रतिशोधसम्बन्धी इस्लामिक कानुन) को सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख छ ।इस्लामी कानुनअनुसार पीडित परिवारले दोषीलाई छोड्न सहमत भएमा केसासको सजाय घटाउन सकिन्छ ।७५ वर्षीय सुलेमानी यसअघि सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीका सहयोगी थिए र उनले काशान र जाहेदान सहरमा शुक्रबार हुने इस्लामिक प्रार्थनाको नेतृत्व गर्नेगरेका थिए ।

विशेषज्ञहरूको ८८ सदस्यीय सम्मेलनलाई सर्वोच्च नेताको पर्यवेक्षण, बर्खास्ती र चयन गर्ने जिम्मेवारी दिइएको छ । यसको नेतृत्व ९६ वर्षीय धर्मगुरु अहमद जनातिले गरिरहनुभएको छ ।

यसका सदस्यहरू आठ वर्षे कार्यकालका लागि निर्वाचित हुन्छन्, तर उनीहरूको उच्च पदस्थ धर्मगुरुबाट अनुगमन हुने गर्छ ।सन् २०२२ को अप्रिलमा इरानको दोस्रो सहर मशादमा छुरा प्रहारबाट दुई धर्मगुरुको मृत्यु भएको थियो । २१ वर्षीय सन्दिग्ध जिहादी अब्दोलातिफ मोराडीलाई दुई महिनापछि फाँसी दिइएको थियो ।

मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरान विश्वमा धेरै मानिसलाई मृत्युदण्ड दिनेमध्येको एक इस्लामिक मुलुक हो । नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन आठ वर्षयताकै सबैभन्दा बढी हो ।

शीर्ष समाचार

धेरै पढिएको