March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

दक्षिणी गाजामा इजरायलको भीषण आक्रमण,१ सय ९३ जनाको मृत्यु

अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन् ।

गाजाका पूर्वी शहरहरुमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । पूर्वी गाजाका नागरिकहरुलाई दक्षिणतर्फ जान भनिएको छ ।

गाजाका पूर्वी शहरहरुमा हमासका नेताहरु लुकेर बसेको आशंका इजरायलको छ । सो क्षेत्रमा दक्षिणी गाजा छोडेर आएका कयौं सर्वसाधारण बसोबास गरिरहेका छन् ।गाजामा हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो आक्रमणमा परी १ सय ९३ जनाको मृत्यु भएको छ ।

एक साता लामो अस्थायी युद्धविराम सकिए लगत्तै शुक्रबारबाट इजरायलले पुनः जवाफी कारवाही शुरु गरेको छ । गत अक्टोबर ७ हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने २ सय ४० जनालाई बन्धक बनाइएको छ ।

इजरायलले गरेको जवाफी कारवाहीका क्रममा हालसम्म गाजामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको