November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

भारतमा एकैदिन साढे ७८ हजारमा कोरोना संक्रमण

  • 4
    Shares

नयाँदिल्ली, गएको २४ घण्टामा त्यहाँ ७८ हजार ५१२ मा कोरोना देखिएको बताइएको छ । आइतबार मात्र भारतमा ७८ हजार ४ सय ७२ मा कोरोना पुष्टि भएको थियो । यहाँ दैनिक संक्रमित तीव्र रुपमा बढिरहेका छन् ।

गएको २४ घण्टामा भारतमा ९७१ को मृत्यु भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार ४६९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म भारतमा ३६ लाख २१ हजार २४६ मा कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये २७ लाख २४ हजार उपचारपछि स्वस्थ बनेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको