May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

रुखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु

गिरिडीह, मङ्सिर २ गते । झारखण्डको गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा उक्त घटना भएको हो ।

तीव्रगतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको हो ।

यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको