December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अफगानिस्तानको काबुलमा बम हमला गरी दुई जनाको हत्या

फाइल फोटो

काबुल, अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो ।

उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ । सो जिल्लाका गभर्नर आयु ओमार आमरीले सर्वसाधारण नागरिकको हत्या गर्ने उद्देश्यले उक्त जिल्लाको सार्वजनिक सडकमा बम राखिएको र त्यसमा परी दुईजनाको ज्यान गएको पुष्टि गरे।

सो बम यहाँका तालिबानीहरुले राखेको पनि उनले अनुमान गरे । पछिल्ला केही दिनहरुमा अफगानिस्तानमा सुरक्षाको अवस्था झन् नाजुक भएको छ । अफगानिस्तानको सरकारले त्यहाँका तालिबानहरुसँग वार्ता गर्ने तयारी भएको भनिए पनि यहाँ हत्या हिंसाको कार्य भने रोकिएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको