December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनले गरे सैन्य मुख्यालयको भ्रमण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएकाे छ । एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो उहाँको दोस्रो भ्रमण हो ।

बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ–अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गर्नुभएको क्रेमिलनले विज्ञप्तिमार्फत जनाएको छ । उहाँसँग रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा सैन्य अपरेसनका कमान्डर भालेरी गेरासिमोभ पनि हुनुहुन्थ्यो ।

मुख्यालयमा राष्ट्रपति पुटिनलाई नयाँ सैन्य उपकरण देखाइएको र युक्रेनमा सैन्य अपरेसनका बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ । पुटिन अन्तिम पटक अक्टोबरको अन्त्यमा रोस्तोभ–अन–डनमा हुनुहुन्थ्यो । त्यहाँ उहाँले क्रेमलिनले युक्रेन विशेष सैन्य अपरेसनलाई के भन्छ भन्नेबारेमा सैन्य अधिकारीहरूसँग कुराकानी गर्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको