December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख नाघ्यो, साढे आठ लाखको मृत्यु

काठमाडौं, विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५३ लाख ८२ हजार आठ सय ५० नाघेको छ ।

सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ५० हजार पाँच सय ४४ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७७ लाख चार हजार आठ सय ३३ नाघेको छ ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८७ हजार दुई सय २४, ब्राजिलमा एक लाख २० हजार आठ सय ९६, भारतमा ६४ हजार ६ सय १७ र नेपालमा दुई सय २१ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको