December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

फाइल फोटो

शाङ्सि, चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् ।

शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ । होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ। एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको