चिनियाँ विदेशमन्त्रीवाङ यीलाई स्वागत गर्दै रुसी राष्ट्रपति पुटिन
मस्को, असोज ३ गते – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज (बुधबार) उहाँहरूबिच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो ।
“आज राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा स्वागत गर्ने कार्यक्रम छ,” रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन् । क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेपछि चीनसँग सम्बन्ध सघन बनाउने प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएसँगै मस्कोले बेइजिङसँगको झुकाव बढाएको हो । चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ राखेको छ ।
चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बिचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा हुनुहुन्छ । उहाँले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको थियो ।
चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बिचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा हुनुहुन्छ । उहाँले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको थियो ।
यसअघि गत मार्चमा चीनका राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्नुभएको थियो । त्यसबेला उहाँले शान्ति वार्तामा जोड दिनुभएको थियो । राष्ट्रपति सीको रुस भ्रमणको पूर्वसन्ध्यामा बेइजिङले युक्रेनमा शान्ति स्थापना गर्नेसम्बन्धी दस्ताबेज नै सार्वजनिक गरेको थियो ।
प्रतिकृया दिनुहोस्