July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

इजरायल र लेबनान सीमा समस्या – वार्ता गर्न लेबनान तयार

इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न लेबनान तयार भएको छ ।लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।

लेबनान र इजरायलबीच समुद्री सीमा सीमाङ्कन भइसकेसँगै भूमि सीमाङ्कनका लागि पनि वार्ता गर्न लागिएको हो ।

सीमा समस्यालाई वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्ने बताउनुभयो । अहिले इजरायल र लेबनानबीच १३ वटा स्थानमा विवाद छ । सन् २००६ मा एक महिना लामो युद्धपछि दुई देशबीच छलफलबाट समस्या समाधान हुँदै आइरहेको छ ।