April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

नाइल बाँध विवाद : इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता सुरु

इजिप्टको जल तथा सिँचाइ मन्त्रालयले ग्राण्ड इथियोपिया पुनः जागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ ।

An Ethiopian national flag is seen at the Grand Ethiopian Renaissance Dam (GERD) in Guba, Ethiopia, on February 19, 2022. – Ethiopia’s massive hydro-electric dam project on a tributary of the Nile has raised regional tensions notably with Egypt, which depends on the huge river for 97 percent of its water supply. Government officials said the dam would begin producing electricity on Sunday, more than a decade since work first started. (Photo by Amanuel SILESHI / AFP) (Photo by AMANUEL SILESHI/AFP via Getty Images)

आइतबार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल सुरु भएको हो । इजिप्टका जलस्रोत तथा सिँचाइमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीन वटै देशको हित र चासोलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।

तीन देशको सहमति बिना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लङ्घन हुने बताए । इथियोपियाले इजिप्ट र सुडानको विरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो । जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना सुरु गरेको थियो । यसबाट ६ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको