April 28, 2025, Monday
२०८२ बैशाख १६, मंगलवार

लातभियाका प्रधानमन्त्री करिन्सद्वारा राजीनामाको घोषणा

Latvia’s Prime Minister Krisjanis Karins addresses the opening session on the first day of the Ukraine Recovery Conference in London, Britain June 21, 2023. Henry Nicholls/Pool via REUTERS

रिगा, साउन ३० गते । लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले सोमबार गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् । उनले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधार गर्ने प्रयासलाई असफल बनाएको आरोप लगाएका छन् ।

नयाँ सरकारको आवश्यकता रहेको बताउँदै करिन्सले पत्रकार सम्मेलनमा राष्ट्रपति एडगर्स रिन्केभिक्सलाई आफ्नो राजीनामा बिहीबार बुझाउने उल्लेख गरेका छन् । साथै उनले आफूले प्रधानमन्त्रीको रूपमा पुनः नियुक्ति नचाहेको बताएका छन् ।

गत हप्ता उनले दुई विपक्षी दलहरू–केन्द्र–वाम प्रगतिशील र केन्द्रवादी ग्रीन्स एन्ड फार्मर्ससँग नयाँ मन्त्रिपरिषद् गठनका लागि परामर्श सुरु गर्ने घोषणा गरेपछि यो कदम आएको हो । पूर्व अर्थमन्त्रीसमेत रहेका उनी गठबन्धन निर्माण गरी पाँच–दलीय गठबन्धनको नेतृत्व गर्ने एक साझा उम्मेदवारको रूपमा देशको प्रधानमन्त्री बनेका थिए ।

गत वर्षको संसदीय निर्वाचनमा न्यु युनिटीले जीत हासिल गरेपछि करिन्सले झिनो बहुमतका साथ तीन दलको सरकार बनाउन सफल भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको