April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

दश जना सिरियाली सैनिक मारिए

इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान, चौकी र सैन्य गाडीमा आगजनी गरेको छ ।सोमबार साँझ भएको उक्त आक्रमण छ जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

शीर्ष समाचार

धेरै पढिएको