November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमा निधन

  • 42
    Shares

अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका थिए । उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो । दक्षिण क्यारोलिनामा जन्मिएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनिप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको