December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

जेनोभो, विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । श्निबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको