December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

भारतीय रक्षामन्त्री आगामी हप्ता रुस भ्रमणमा जाने

नयाँदिल्ली, भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जानुहुने भएको छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका छन ।

उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको जनाइएको छ
। उनले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको भारतीय दूतावासले आज ट्वीटमार्फत जानकारी गराएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता अर्थात सेप्टेम्बर ४ देखि ६ तारिखसम्म रुसको भ्रमणमा जाने छन । मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ । सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लाग्नुभएको रुसस्थित भारतीय दूतावासले जानकारीमा दिएका छन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको