December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

दुई दिन आक्रमणपछि इजरायली सेना जेनिन सहरबाट फिर्ता

लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् ।इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेपछि आक्रमण रोकिएको छ । इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताउनुभएको बीबीसीले जनाएको छ । तर, उहाँले फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ ।

दुई सम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ । आक्रमणबाट सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

यो शिविर आतंककारीको बलियो गढ भएको इजरायलको दाबी छ  । जेनिन शरणार्थी शिविरमा १४ हजार जना बस्दै आएका छन् । वेस्ट बैंक इजरायल नियन्त्रित क्षेत्र हो ।इजरायलले वेस्ट बैंकमा गरेको आक्रमणको जोर्डन, इजिप्ट र कतारलगायतका देशले विरोध गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको