December 3, 2020, Thursday
२०७७ मंसिर १९, शुक्रबार

ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन, विपक्षी उम्मेदवारिको नीति देशको लागि घातक

न्यूयोर्क, अमेरिकाको सत्तारुढ दल रिपब्लीकन पार्टीले आगामी नोभेम्बर महिनामा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन गरेका छन ।

ह्वाइट हाउसबाट ट्रम्पको उम्मेदवारी घोषणा भएसंगै अब आगामी चुनावमा रिपब्लीकन पार्टीबाट राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन गरी दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन । ह्वाइट हाउसको परिसरमा भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार बन्नुभउका नेता बाइडेनको आलोचना गर्दै उनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाएका हुन ।

कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी पनि ट्रम्पले गरेका छन । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहेपनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तिब्र बनाउने जनाएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको